अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ समकक्षी सी बीच भेटवार्ता
- काठमाडौंअमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र चीनका समकक्षी सी चिनपिङ बीच दुई मुलुुकबीच बढ्दो व्यापार तनावको विषयमा वार्ता भएको छ । करिव एक घण्टा लामो वार्तामा बढ्दो व्यापार तनाव न्यूनीकरण तथा दुर्लभ खनिज पर्दाथको विषय छलफल भएको हो ।
अमेरिकाले चिनियां वस्तु आयातमा भारी कर वृद्धि गरेसंगै चीनले विद्युतीय सवारी, क्षेप्यास्त्र लगायत उत्पादन गर्नका लागि आवश्यक दुर्लभ खनिज पदार्थ निर्यातमा कडाई गरेको थियो ।
चीनले दुर्लभ खनिज पदार्थ निर्यातमा कडाई गरेसंगै भारत, जर्मन लगायतका मुलुकमा विद्युतीय सवारी उत्पादन गर्ने कम्पनीमा अवरोध उत्पादन भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
यस्तै, दुई राष्ट्रप्रमुखबीच भएको वार्तामा कुनै सहमती वा निष्कर्ष भने नभएको जनाइएको छ । आगामी दिनमा दुवै मुलुकका तल्लो तहका प्रतिनिधनिले समाधानको प्रयास निकाल्ने जनाइएको छ ।