ट्रम्पको धम्की पछि खामेनेईको प्रतिक्रिया
- काठमाडौंअमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिना सर्त आत्मसमर्पण गर्ने धम्की दिएपछि इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईले त्यसको प्रतिक्रिया दिनु भएको छ । खामेनेईले एक्समा एक पोस्ट लेख्दै इरानले कहिले पनि इजरायलसँग सम्झौता नगर्ने बताउनु भएको छ ।
अर्को पोस्टमा लेख्दै उहाँले अब युद्ध सुरु भएको बताउनुभयो । यसअघि अमेरिकाका राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा पोस्ट गर्दै बिनासर्त आत्मसमर्पण गर्न इरानलाई धम्की दिनु भएको थियो ।
साथै ट्रम्पले इरानी सुप्रिम लिडर लुकेको बसेको पनि उल्लेख गर्नु भएको थियो । ट्रम्पले लेख्नु भएको छ, ‘तथाकथित सुप्रिम लिडर कहाँ लुकेका छन्, हामीलाई राम्रोसँग थाह छ । उनी एक सहज निशाना हुन् । तर अहिलेलाई भने उनी सुरक्षित छन् ।’
ट्रम्पको सो पोस्ट आएपछि खामेनेईले एक्समा आफ्नो प्रतिक्रिया दिनु भएको हो । उहाँले लेख्नु भएको छ, ‘हामीलाई आतंकवादी जियोनिस्ट शासनलाई कडा जवाफ दिनु आवश्यक छ । हामी जियोनिष्टमाथि कुनै दया देखाउने छैनौं ।’ गत शुक्रबार इजरायलले इरानमाथि आक्रमण गरेपछि त्यसयता दुवै देशबीच संघर्ष जारी छ ।