अन्तर्राष्ट्रिय

साङ्घाई सम्मेलनको संयुक्त वक्तव्यमा हस्ताक्षर गर्न भारतको अस्वीकार

- एजेन्सीकाठमाडौं

चीनको बेइजिङमा आयोजित सांघाई सहयोग संगठन (एससीओ)को सम्मेलनपछि जारी गरिएको संयुक्त वक्तव्यमा हस्ताक्षर गर्न भारतले अस्वीकार गरेको छ । 

भारतले सो वक्तव्य पाकिस्तानमुखी भएको र गत अप्रिल २२ मा भएको पहलगाम हमलामा २६ जना मारिएको घटना उल्लेख नगरेको भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेको हो । 

भारतका रक्षामन्त्री राजनाथ सिंहले सो वक्तव्यले पाकिस्तान अनुकूल भएको जिकिर गर्दै त्यसमा पहलगाम आक्रमण समावेश नगरिएको तर पाकिस्तानको बलुचिस्तानमा लडाकू गतिविधिहरूको उल्लेख गरिएकोमा आपत्ति जनाउनुभएको समाचारमा उल्लेख छ ।

 पाकिस्तानले बलुचिस्तानको स्वतन्त्रता आन्दोलनलाई भारतले समर्थन गरेको आरोप लगाउँदै आएको छ । जुन आरोप भारतले अस्वीकार गर्दै आएको छ । एसियामा अमेरिकी प्रभावको सामना गर्न चीन र रुसले गठन गरेको क्षेत्रीय समूह सांघाई सहयोग संगठनका रक्षा मन्त्रीहरूको बैठकपछि हस्ताक्षर समारोह भएको थियो ।