अन्तर्राष्ट्रिय

गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा ८० जनाको मृत्यु

- एजेन्सीकाठमाडौं

इजरायली सेनाको पछिल्लो आक्रमणमा गाजा क्षेत्रमा ८० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ ।

 ४ सयभन्दा बढी घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विस्थापित नागरिकलाई आश्रय दिइएको रंगशाला नजिकै आक्रमण भएको थियो । इजरायली सेनाले भने आक्रमणबारे अहिलेसम्म केही बताएको छैन । 

कारबाहीमा हमास सैन्य शाखाका एक वरिष्ठ नेता समेत मारिएको बताइएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्ताभित्र इजरायल र हमासबीच युद्धविरामको सहमति हुन सक्ने आशा व्यक्त गर्नुभएको छ । यसअघिको सहमति अनुसार युद्धविराम र बन्दी साटासाट सम्झौताका लागि मध्यस्थकर्ताले प्रयास गरेपनि अझै सम्भव नदेखिएको हमासका अधिकारीहरुले बताएका छन् ।