बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ६ महिना जेल सजाय
- काठमाडौंबंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको मानहानी सम्बन्धी मुद्दामा ६ महिनाको जेल सजाय सुनाइएको छ ।
न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मजुमदारको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले आज सो फैसला गरेको हो । शेख हसिनाले गत वर्ष अक्टोबरमास्थानीय नेता शाकिल अकन्द बुलबुलसँग गरेको टेलिफोन कुराकानीसार्वजनिक भएको अडियोमा आधारित भएर मुद्धा परेको थियो । सो अडियोमा हसिनाले आफूविरुद्ध २ सय २७ वटा मुद्दा दायर भएको र त्यसले उनलाई ‘२ सय २७ जनालाई मार्ने अनुमती दिएको’ भन्ने विवादास्पद टिप्पणी गरेको सुनिएको थियो ।
सोही मुद्दामा शाकिल अकन्द बुलबुललाई पनि दुई महिनाको जेल सजाय सुनाइएको छ । सन् १९९६ देखि २००१ र सन् २००९ देखि २०२४ सम्म बंगलादेशको प्रधानमन्त्री रहनुभएकी शेख हसिना सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलन र हिंसात्मक प्रदर्शनपछि देश छोडेर भारतमा निर्वासित हुनुहुन्छ ।