अन्तर्राष्ट्रिय

चीन, पाकिस्तान र बंगलादेशको गठबन्धन सुरक्षाका लागि चुनौतीपूर्णः भारत

- एजेन्सीकाठमाडौं

भारतका रक्षा प्रमुख जनरल अनिल चौहानले चीन, पाकिस्तान र बंगलादेशको गठबन्धन भारतको स्थिरता र सुरक्षाको लागि ठूलो खतरा भएको बताउनुभएको छ । 

एक थिंक ट्याङ्क कार्यक्रममा बोल्दै उहाँले चीन, पाकिस्तान र बंगलादेशबीच कुनै पनि प्रकारको रणनीतिक सहयोग हुन्छ भने त्यसको प्रत्यक्ष प्रभाव भारतको सुरक्षामा पर्ने बताउनु भएको हो ।

भारत र पाकिस्तानबीच मे ७ देखि १० मा भएको सैन्य द्वन्द्वलाई उल्लेख गर्दै जनरल चौहानले पहिलो पटक दुई आणविक हतियारधारी देश प्रत्यक्ष रुपमा सैन्य द्वन्द्वमा संलग्न भएको उल्लेख गर्नुभयो । भारत कुनै पनि प्रकारको आणविक ब्ल्याकमेलबाट नडराउने उहाँले दोहो¥याउनुभयो । 

चीन–पाकिस्तान गठबन्धनलाई उल्लेख गर्दै सीडीएसले पाकिस्तानले विगत पाँच वर्षमा आफ्नो ७० देखि ८० प्रतिशत हतियार र उपकरण चीनबाट खरिद गरेको जनाएको छ ।