अन्तर्राष्ट्रिय

अमेरिकामा जन्मेका केही बच्चाहरूलाई नागरिक अस्वीकार गर्न रोक

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई अमेरिकामा जन्मेका केही बच्चाहरूलाई नागरिक अस्वीकार गर्नबाट रोक लगाइएको छ । अमेरिकी सर्वोच्च अदालतको हालैको फैसलालाई उल्ट्याउँदै संघीय अदालतले राष्ट्रव्यापी रूपमा सो नीति रोकेको बीबीसीले जनाएको छ । 

आप्रवासी अधिकारका पक्षधरहरूले ट्रम्पको स्वचालित जन्मसिद्ध नागरिकता घटाउने कार्यकारी आदेशको कार्यान्वयनबाट नागरिकताको स्थिति खतरामा पर्ने भन्दै सो निर्णय आएको हो । अमेरिकाका एक न्यायाधीस जोसेफ लाप्लान्टेले न्यु ह्याम्पशायरको कन्कर्डमा भएको सुनुवाइमा सो फैसला सुनाइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गत जनवरीमा पदभार ग्रहण गरेको पहिलो दिन नै हस्ताक्षर गर्दै राष्ट्रपति ट्रम्पले सो निर्णय गर्नु भएको थियो ।

सर्वोच्च अदालतको निर्णय अनुसार अमेरिकाका केही भागहरूमा अमेरिकी नागरिक वा वैध स्थायी बासिन्दा नभएका आमाबाबुबाट जन्मेका बच्चाहरूलाई नागरिकता अस्वीकार गरिने र देश निकालासम्म हुने चुनौती थियो । यसका साथै सो आदेशले आप्रवासी परिवारमा बच्चाहरू प्रभावित हुने चिन्ता, भ्रम र डर पैदा गरेको थियो ।