अमेरिकी राष्ट्रपति ट्रम्पको अभिव्यक्तिले शान्ति प्रक्रियामा असर पार्न सक्छः रुस
- काठमाडौंअमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले शान्ति प्रक्रियामा प्रतिकूल असर पार्न सक्ने भन्दै रुसले चिन्ता व्यक्त गरेको छ । युक्रेनलाई थप सैन्य सहायता प्रदान गर्ने तथा रुसी व्यापारिक साझेदारमाथि प्रतिबन्ध लगाउने अमेरिकी योजनामा रुसले चिन्ता जनाएको हो । राष्ट्रपति ट्रम्पले रुसलाई ५० दिनको समयसीमा दिँदै युक्रेनसँग शान्ति सम्झौता गर्न दबाब दिए पनि उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का सदस्य राष्ट्रसँग समन्वय गर्दै युक्रेनलाई नयाँ अमेरिकी हतियार उपलब्ध गराउने योजनाले युद्ध अन्त्यका लागि असहज बनाएको रुसको प्रतिक्रिया छ । रुसी प्रवक्ता दिमित्री पेस्कोभले वासिङ्टन तथा नेटोका सदस्य राष्ट्रबाट लिइएको यस्तो निर्णयले युक्रेनलाई युद्ध जारी राख्न प्रेरित गरेको उल्लेख गर्नुभयो । ट्रम्पले आगामी ५० दिनभित्र शान्ति सम्झौता हुन नसकेरुसका बाँकी व्यापारिक साझेदारमाथि उच्च दरको आयात कर लगाउने चेतावनी दिनुभएको छ ।