अन्तर्राष्ट्रिय

युक्रेनको ड्रोन हमलापछि मस्कोका प्रमुख विमानस्थल बन्द

- एजेन्सी काठमाडौं

युक्रेनले गरेको ड्रोन हमलाका कारण मस्कोका प्रमुख विमानस्थलहरु बन्द भएका छन् । युक्रेनले हमला गरेपछि रूसले मस्कोका महत्वपूर्ण विमानस्थल बन्द गर्दा झण्डै डेढ सय उडान रद्द भएका छन् ।

 १३० भन्दा बढी उडानहरुलाई अन्य विमानस्थलमा डाइभर्ट गरिएको छ । युक्रेनले हिजोदेखि जारी गरेको हमलामा युक्रेनले अहिलेसम्म साढे दुई सय बढी ड्रोनहरू रुसमा खसालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

तिमध्ये दुई दर्जन ड्रोन राजधानी मस्कोमा खसालिएको छ । रुसले जवाफी आक्रमण गर्दा युक्रेनमा कम्तीमा तीनजनाको मृत्यु भएको बताइएको छ ।