अन्तर्राष्ट्रिय

अमेरिका र रुसका राष्ट्रपतिबीच भेट हुने

- एजेन्सी

युक्रेन युद्धलाई लिएर अमेरिका र रुसले एक अर्का मुलुकविरुद्ध दवावमुलक कदम चालिरहेको समय दुई मुलुकका राष्ट्रपतिबीच भेट हुने संभावना देखिएको छ । दोस्रो विश्वयुद्धको समापन मितिको सम्झनामा आगामी सेप्टेम्बरमा चीनमा आयोजना हुन लागेको कार्यक्रममा दुई समकक्षीबीच भेटवार्ता हुने संभावना बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । । 

सो कार्यक्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी हुने निश्चित भएको छ । त्यस्तै, अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको भ्रमणबारे भने हालसम्म सार्वजनिक नगरिएको जनाइएको छ । युक्रेन युद्ध अन्त्य गर्नका लागि अमेरिकाले रुसलाई ५० दिनको समयसिमा तोकेको छ । सो अवधिमा रुसले युद्ध अन्त्य नगरेमा रुस विरुद्ध विभिन्न लगाइने अमेरिकाको तयारी छ ।