अन्तर्राष्ट्रिय

थाईल्याण्ड र कम्बोडियाबीच तेस्रो दिन पनि सीमा क्षेत्रमा झडप जारी

- एजेन्सीकाठमाडौं

शान्ति वार्ताको लागि आह्वान गरेपनि थाईल्याण्ड र कम्बोडियाबीच तेस्रो दिन पनि सीमा क्षेत्रमा झडप जारी छ ।

सिमानामा भएको सो झडपमा परि हालसम्म कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने १ लाख ६८ हजार बढी मानिस विस्थापित भएका छन् । दुवै देशले आफ्ना राजदूतहरुलाई फिर्ता बोलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यता थाइल्यान्डले कम्बोडियासँगको उत्तरपूर्वी सीमा नाका समेत पूर्ण बन्द गरेको छ । यसैबीच, युद्धविराम गर्न दुवै मुलुकलाई अन्तर्राष्ट्रिय दवाव समेत बढ्दै गएको छ । दक्षिणपूर्व एशियाली राष्ट्रहरुको क्षेत्रीय संगठन आशियानले यी दुई मुलुकबीच बढ्दो तनावलाई रोक्न दवाब सिर्जना गर्न अपिल समेत गरेको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आपत्तकालीन बैठकमा दुवै मुलुकबीचको जारी द्वन्द्व रोक्न र शान्तिपूर्ण समाधानका लागि आशियान राष्ट्रलाई मध्यस्थता गर्न आग्रह गरिएको छ ।