अन्तर्राष्ट्रिय

कम्बोडिया र थाइल्याण्डबीच चौथो दिनपनि युद्ध जारी

- एजेन्सीकाठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व रोक्न आह्वान गरेपनि कम्बोडिया र थाइल्याण्डबीच चौथो दिन पनि युद्ध जारी छ ।

 दुवै पक्षले एक अर्कालाई तोपखानाबाट सीमा क्षेत्रमा आक्रमण गरेको आरोप लगाएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध विराम गर्न अपिल गरेको केही समयपछि नै दुवै मुलुक हमलामा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमलृ जनाएका छन् ।

 यता कम्बोडियाले राष्ट्रपति ट्रम्पको तुरुन्तै युद्धविरामकालागि गरिएको अपिल पूर्ण समर्थन गर्ने जनाएको छ । यद्यपि, थाइ सरकारले ट्रम्पको सो आग्रहप्रति कृतज्ञता जाहेर गरेपनि सर्वसाधारणलाई लक्षित गर्दै आक्रमण गरिरहेको पृष्ठभूमिमा कम्बोडियासँग वार्ता गर्न नसकिने बताएको छ ।

 सर्वसाधारणमाथि गोली हानिएको थाई सरकारको सो आरोपलाई कम्बोडियाली सरकारले भने अस्वीकार गर्दै आएको छ । हालसम्म युद्धमा दुवै तर्फ गरेर ३३ जना बढीको मृत्यु भइसकेको छ ।