कम्बोडिया र थाइल्याण्डबीच युद्धविराम गर्ने सहमति
- काठमाडौंसीमा क्षेत्रमा उत्पन्न विवादपछि आक्रमणमा रहेका कम्बोडिया र थाइल्याण्डबीच युद्धविराम गर्ने सहमति भएको छ । मलेसियामा भएको वार्तामा दुवै देश युद्धविरामका लागि सहमती जनाएका हुन् ।
शान्ति वार्तापछि विना शर्त युद्धविराम गर्न दुईदेश सहमत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मलेसियाका नेता अनवर इब्राहिमले युद्धविराम स्थानीय समय अनुसार मध्यरातबाट लागू हुने बताइएको छ । महिनौंको विवाद द्धन्द्धमा परिणत हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने हजारौं नागरिक विस्थापित भएका छन् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिंगटनसंगको व्यापार वार्ताको पूर्व शर्तका रुपमा युद्धविराममा सहमत हुन दुवै राष्ट्रलाई आग्रहगरेपछि वार्ता भएको बताइएको छ ।