गाजाको युद्ध अन्त्य गर्न अमेरिकालाई पूर्व इजरायली सुरक्षा अधिकारीको अपिल
- काठमाडौंगाजा क्षेत्रको युद्ध अन्त्यका लागि पहल गर्न अमेरिकालाई सयौं पूर्व इजरायली सुरक्षा अधिकारीहरुले अपील गरेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पलाई करिब ६ सय अवकाश प्राप्त इजरायली सुरक्षा अधिकारीको समूहले पत्र मार्फत सो अपिल गरेका हुन् । उनीहरुले गाजामा युद्ध अन्त्यका लागि इजरायललाई दबाब दिन समेत ट्रम्पलाई आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सो समूहमा गुप्तचर निकायका अधिकारीसमेत रहेका छन् । हमास इजरायलकालागि हानिकारक नभएको ती अधिकारीहरुले बताएका छन् ।
इजरेली प्रधानमन्त्री बेन्जामिने नेतान्याहुको सरकार उचित गन्तव्यतर्फ अघि बढ्ने भएकाले युद्ध अन्त्य र बन्धक फिर्ता गर्न राष्ट्रपति ट्रम्पको भूमिका महत्वपूर्ण रहेको पत्रमा उल्लेख गरिएको बताइएको छ । हमासँगको वार्ता रोकिएपछि गाजामा सैन्य कारबाही सञ्चालन गर्ने प्रधानमन्त्री नेतान्याहुले बताइरहेको सन्दर्भमा इजरायली पूर्व सुरक्षा अधिकारीहरुको यो अपिल आएको हो ।
सन् २०२३ अक्टोबर ७ बाट सुरु भएको गाजा द्वन्द्वमा १२ सय इजरायलीे नागरिकको मृत्यु हुनुका साथै २ सय ५१ जना बन्धक बनाइएको छ । यता, हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सैन्य कारबाहीमा हालसम्म ६० हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।