अन्तर्राष्ट्रिय

गाजा क्षेत्र कब्जामा लिने इजरायलको घोषणाविरुद्ध सडक आन्दोलन चर्किदै

- एजेन्सीकाठमाडौं

युद्धग्रस्त गाजा क्षेत्रलाई कब्जामा लिने इजरायलको घोषणाको विरुद्धमा सडक आन्दोलन चर्किदै गएको छ । 

इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा पट्टीमा आफ्ने सकियता बढाउने घोषणा गरेको विरुद्धमा देशभित्रै बाट विरोध सुरु भएको हो । झण्डै दुई वर्ष यताबाट जारी युद्ध अन्त्यका लागि विभिन्न पहलहरु भइरहेको सन्र्दभमा राजधानी तेल अभिवमा पछिल्लो पटक सबैभन्दा ठूलो सरकार विरोधी प्रदर्शन भएको स्थानीय सञ्चार माध्यमलाई उल्लेख गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 विद्रोही समूह हमासले गाजामा बन्धक बनाएकाहरुको रिहा गराउने उदेश्यले शहर कब्जा गर्ने जनाएको थियो । तर सरकारले गरेको सो निर्णयले बन्धकहरु थप जोखिममा पर्न सक्ने देखिएको भन्दै सरकार विरोधी प्रदर्शन भएको हो । यद्यपि इजरायली नेताहरुले भने सरकारी कदमको बचाउ गर्दै आएका छन् । 

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले समेत पछिल्लो पटक भएको निर्णयले बन्धक बनाइएका हरुको मुक्तीका लागि सहयोग गर्ने दाबी गर्नुभएको छ । गाजा क्षेत्रमा जारी युद्धका कारण भोकमरी र कुपोषणको समेत समस्या बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।