अमेरिका र रुसबीचको बहुप्रतिक्षित वार्ता निश्कर्षविहीन
रुस–युक्रेन युद्धको अन्त्यको लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी भ्लादिमिर पुटिनबिच अलास्कामा भएको बहुप्रतिक्षित वार्ता निश्कर्षविहिन भएर टुङ्गिएको छ । वार्ताले ठोस नतिजा ननिकाले पनि वार्ताामा प्रगति भएको राष्ट्रपति ट्रम्पले बताउनुभएको छ । उहाँकाअनुसार वार्तामा रुस–युक्रेनबिच सम्झौता भएन र सहमतिसम्म पुग्न बाँकी छ । यस्तै, रुसी राष्ट्रपति पुटिनले आफू द्वन्द्व अन्त्य गर्न इच्छुक भएको बताउनुभएको छ । तर दुवै राष्ट्र प्रमुखले वार्तामा भएको विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन् । तीन घण्टासम्म चलेको सो वार्तामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भने नबोलाइएको बीबीसीले जनाएको छ ।