पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा बाढीमा परि ३ सय जना बढीको मृत्यु
- काठमाडौंपाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पछिल्लो २ दिन यताको भिषण वर्षापछिको बाढीमा परि ३ सय जना बढीको मृत्यु भएको छ ।
बाढीका कारण विशेषगरि खैबर पख्तुनख्वा प्रान्त प्रभावित भएको छ । सो क्षेत्रमा मात्रै हालसम्म ३ सय ७ जनाको मृत्यु भएको पुष्टि भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
ब्युनर जिल्लामा मात्र १ सय ८४ जनाको मृत्यु भएको छ । तिब्र गतिको हावा तथा भीषण वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ भने धेरै मानिसहरु बेपत्ता रहेको सरकारी अधिकारीले जनाएका छन् । स्थानीय प्रशासनका अनुसार कैयौं मानिस अझै पनि बाढीमा फसेका छन् । शाङ्गला क्षेत्रमा घरको छाना भत्किँदा एकै ठाउँमा ३४ जनाको ज्यान गएको प्रान्तीय प्रमुखलाई उद्धृत गर्दै रोर्यटर्सले जनाएको छ ।