अन्तर्राष्ट्रिय

भारत–अमेरिकाबिच हुन लागेको व्यापार सम्झौता रोकियो, अमेरिकी अधिकारीको भारत भ्रमण अचानक स्थगित

भारत–अमेरिकाबिच हुन लागेको छैटौँ चरणको व्यापार सम्झौताको वार्ता हाल स्थगित भएको छ । 

अगस्ट २५ देखि २९ को लागि भारत आउन तय भएको अमेरिकी अधिकारीहरूको भ्रमण अमेरिकी पक्षले हाललाई स्थगित गरेसँगै दुइ मुलुकबीचको वार्ता अन्यौल भएको हो ।

भ्रमण स्थगित गर्नुको कारणबारे अमेरिकी अधिकारीले केही जानकारी दिएका छैनन् । भारतले रूसबाट तेल खरिद गर्न नरोकेको भन्दै अमेरिकाले भारतीय सामानमा थप २५ प्रतिशत कर वृद्धि गरेको छ । नयाँ कर आगामी २७ तारिखबाट लागु हुँदैछ ।