युक्रेनमा युद्ध अन्त्य गर्न सुरक्षा प्रत्याभूति दिने प्रतिबद्धता जनाएको अमेरिका आफ्नो निर्णयबाट पछि हट्यो
युक्रेनमा युद्ध अन्त्य गर्न सुरक्षा प्रत्याभूति दिने प्रतिबद्धता जनाएको अमेरिका आफ्नो सो निर्णयबाट पछि हटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन शान्ति सम्झौताको लागि युक्रेनमा अमेरिकी सेना पठाउन अस्वीकार गर्नुभएको हो । राष्ट्रपति ट्रम्पले त्यसको सट्टामा हवाई सहयोग मात्र दिन सकिने सुझाव दिएपछि युक्रेनको सुरक्षा प्रत्याभूति अनिश्चित बनेको हो । अमेरिकासँगै युरोपेली राष्ट्रहरुले युक्रेनलाई सुरक्षा सहयोग गर्ने प्रतिबद्धताबाट पछि हटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुस–युक्रेनबिच शान्ति वार्ताको लागि रुस शिखर सम्मेलन अघि सुरक्षा ग्यारेन्टी अनिश्चित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यद्यपी, यसअघि राष्ट्रपति ट्रम्पले अलास्का सम्मेलनपछि युक्रेनलाई अमेरिका र युरोपले सुरक्षा दिने तथा त्यसमा राष्ट्रपति भ्लादिमिर पुटिनले स्वीकृति दिएको बताउनुभएको थियो । त्यसपछि ट्रम्पले ह्वाइटहाउसमा युरोपका ७ नेताहरु र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गर्नुभएको थियो ।