गाजामा इजरायलको कब्जा सुरु
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको योजनाअनुसार इजरायली सेनाले गाजा शहरमाथि कब्जा गर्न प्रारम्भिक कार्य सुरु गरेको जनाएको छ । त्यसको लागि इजरायली सेनाले गाजा क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिन योजनाबद्ध रुपमा सो क्षेत्रको जमिन अतिक्रमण गर्न थालेको हो । गाजा शहरको बाहिरी भाग सेनाले पहिले नै अधिग्रहण गरिसकेको पृष्ठभूमिमा अब भित्री शहर पनि नियन्त्रण गर्न आक्रमण गर्न थालेको हो । एक सैन्य प्रवक्तालाई उदृत गर्दै सेनाले आक्रमणको लागि आधार तयार गर्नका लागि जेटुन र जबालिया क्षेत्रमा पहिले नै काम गरिरहेको बीबीसीले जनाएको छ । सो क्षेत्र नियन्त्रण गर्न रक्षा मन्त्री इजरायल काट्जले मंगलबार अनुमोदन गर्नुभएको छ । इजरायलको सो कदमसँगै गाजाका हजारौँ प्यालेस्टीनीलाई सो स्थान खाली गर्न र दक्षिणी गाजाका आश्रयस्थलमा जान आदेश दिइने अपेक्षा गरिएको छ ।