बन्धकहरूको रिहाइका लागि सर्त सहितको वार्ता गर्न इजरायली प्रधानमन्त्री नेतन्याहू तयार
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बन्धकहरूको रिहाइ र गाजामा युद्ध अन्त्यका लागि सर्त सहितको वार्ता गर्न निर्देशन दिनु भएको छ । नेतन्याहुले मातहतलाई निर्देशन दिदै इजरायललाई स्वीकार्य सर्तमा मात्र वार्ता गर्न भन्नु भएको हो । गएराति भिडियो सन्देश जारी गर्दै नेतन्याहुले हमासले नियन्त्रणमा लिएका सबै बन्धको रिहाइका लागि वार्ता गरिने बताउनु भएको हो । इजरायली सैनिकहरूसँग गएराति भएको भेटमा उहाँले उत्तरी गाजामा ठूलो सैन्य आक्रमण गर्ने योजना समेत स्वीकृत गर्नु भएको बीबीसीले जनाएको छ । नेतन्याहुको पछिल्लो योजनालाई लिएर अन्तर्राष्ट्रिय र आन्तरिक रूपमा पनि विरोध भइरहेको छ । नेतन्याहुको अर्को प्रस्ताव
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बन्धकहरूको रिहाइ र गाजामा युद्ध अन्त्यका लागि सर्त सहितको वार्ता गर्न निर्देशन दिनु भएको छ । नेतन्याहुले मातहतलाई निर्देशन दिदै इजरायललाई स्वीकार्य सर्तमा मात्र वार्ता गर्न भन्नु भएको हो । गएराति भिडियो सन्देश जारी गर्दै नेतन्याहुले हमासले नियन्त्रणमा लिएका सबै बन्धको रिहाइका लागि वार्ता गरिने बताउनु भएको हो । इजरायली सैनिकहरूसँग गएराति भएको भेटमा उहाँले उत्तरी गाजामा ठूलो सैन्य आक्रमण गर्ने योजना समेत स्वीकृत गर्नु भएको बीबीसीले जनाएको छ । नेतन्याहुको पछिल्लो योजनालाई लिएर अन्तर्राष्ट्रिय र आन्तरिक रूपमा पनि विरोध भइरहेको छ ।
कतार र इजिप्टका मध्यस्थकर्ताहरूले तयार पारेको प्रस्तावअनुसार, हमासले ६० दिने युद्धविरामको प्रस्तावमा सहमति जनाएको थियो । कतारका अनुसार, सो युद्धविरामको क्रममा गाजामा रहेका बाँकी बन्धकमध्ये आधालाई रिहा गरिने बताइएको छ । तर नेतन्याहूले सो प्रस्तावलाई अस्वीकार गर्दै नयाँ वार्ता हुनुपर्ने बताउनु भएको हो । हमासलाई पराजित गर्दै सबै बन्धकहरूलाई मुक्त गर्ने योजनामा इजरायल अडिग रहेको उहाँको भनाई छ ।