भारत र चीनबीचको व्यापार सम्झौता तेस्रो मुलुकविरुद्ध होइनः चिनियाँ विदेशमन्त्री वाङ यी
- काठमाडौंचिनियाँ विदेशमन्त्री वाङ यीले भारत र चीनबीचको व्यापार सम्झौता तेस्रो मुलुकविरुद्ध नभएको बताउनुभएको छ ।
पाकिस्तान भ्रमणका क्रममा मन्त्री यीले भारत र चिनबीचको सम्बन्धले अन्य मुलुकलाई असर नगर्ने जिकिर गर्नु भएको हो । अर्को प्रसंगमा उहाँले अमेरिकाले भारतमाथि लगाएको भन्सार दरको असर समयक्रमसँगै देखिन थालेको उल्लेख गर्नुभयो ।
पाकिस्तानका समकक्षी इसहाक दारसँगको संयुक्त पत्रकार सम्मेलनमा मन्त्री यीले अमेरिकाको कर नीतिका कारण भारत र रुसबीचको सम्बन्ध थप सुमधुर बन्दै जाने दाबी गर्नुभयो ।