गाजा शहरमा फैलिएको भोकमरी मानवताको असफलता भएको राष्ट्रसंघका प्रमुखको भनाई
संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले गाजा शहरमा फैलिएको भोकमरी मानवताको असफलता भएको बताउनुभएको छ । उहाँले यो मानव निर्मित विपत्ति भएको भन्दैगाजामा फैलाइएको भोकमरीको स्थितिको टिप्पणी गर्नुभएको हो । विभिन्न रिपोर्टहरुले गाजा शहर र त्यसको आसपासमा बसोबास गर्ने प्यालेस्टीनी तीव्र गतिमा भोकमरीको शिकार भइरहेको पुष्टि गरेका छन् । राष्ट्रसंघकै एक निकाय एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) का अनुसार गाजामा खाद्य असुरक्षाको स्थिति पाँचौँ चरणमा पुगेको छ । जुन सबैभन्दा उच्च र गम्भीर मानिन्छ । आईपीसीले गाजाभरि ५ लाख भन्दा बढी मानिसहरु भोक, गरिबी र मृत्युको भयावह सामना गर्न बाध्य भएको बीबीसीले जनाएको छ ।