अन्तर्राष्ट्रिय

कोरियाले एकसय तीन वटा अमेरिकी विमान खरिद गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपति ली जे म्युङबिच भेटवार्तापछि कोरियन विमान कम्पनीले १०३ वटा अमेरिकी विमान खरिद गर्ने सम्झौता भएको छ । अमेरिकी विमान कम्पनी बोइङ र कोरियन एयरबिच १०३ विमानका लागि सम्झौता भएको हो । राष्ट्रपति ट्रम्पले अमेरिकी कम्पनीहरूसँग थप व्यापार गर्न व्यापारिक साझेदार मुलुकहरूलाई दबाब दिरहेको परिपेक्षमा सो सम्झौता भएको बीबीसीले उल्लेख गरेको छ । सो सम्झौतामा सेभेन एट सेभेन, ट्रिपल सेभेन र सेभेन थ्री सेभेन यात्रुवाहक जेट समावेश छन् । गत जुलाईमा अमेरिकाले दक्षिण कोरियालाई १५ प्रतिशत भन्सार शुल्क लगाएको थियो । त्यसपछि अमेरिकी राष्ट्रपति ट्रम्प र कोरियाली राष्ट्रपति लीबिच वासिङ्टनमा व्यापारलगायतका रणनीतिक साझेदारीमा छलफल भएको थियो ।