अस्ट्रेलियाद्वारा दुई इरानी कूटनीतिज्ञलाई देश निकाला
- काठमाडौंअष्ट्रेलियाले गत बर्ष सिड्नी र मेलबर्नमा भएका यहुदी–विरोधी हमलामा इरानको संलग्नता रहेको आरोप लगाउँदै दुई इरानी कूटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गरेको छ ।
गत वर्ष सिड्नीको एक रेस्टुरेन्ट र मेलबर्नको यहुदी प्रार्थनाघरमा भएका हमलाको विषय उठाएर अष्ट्रेलियाल इरानी अधिकारीलाई देश निकाला गर्ने निर्णय गरेको समाचारमा जनाइएको छ । केही समयअघि अष्ट्रेलिया सरकारले इरानका राजदूतलाई बोलाएर दुई कूटनीतिज्ञलाई निष्काशन गरिने जानकारी दिएको थियो ।
त्यस्तै, अष्ट्रेलियाले इरानमा रहेका आफ्ना कूटनीतिज्ञलाई पनि फिर्ता बोलाएको थियो । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आन्तरिक गुप्तचर निकायको सूचनाका आधारमा ती हमलामा इरानको संलग्नता भेटिएको बताउनुभएको छ ।