अफगानीस्तानमा भूकम्पमा परि हालसम्म २ हजार २ सय ५ जनाको मृत्यु
- काठमाडौंअफगानीस्तानमा गत आइतबार गएको भूकम्पमा परि हालसम्म २ हजार २ सय ५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
तालिबान प्रशासनका अनुसार भूकम्प प्रभावित क्षेत्रमा खटिएका उद्दारकर्ताहरुले सो संख्यामा शव संकलन गरेका हुन् । भूकम्पमा परि कम्तिमा ३ हजार ६ सय ४० जना घाईते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यद्यपि भूकम्पबाट सबैभन्दा धेरै प्रभावित कुनार प्रान्तमा सहितका क्षेत्रमा अहिलेपनि खोजिकार्य जारी रहेको समाचारमा जनाइएको छ । आइतबार गएको ६ म्याग्निच्युडको भूकम्पले कुनार र नान्गारहार प्रान्तमा व्यापक क्षति र विनाश निम्त्याएको आफगानी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यसैबीच विश्वव्यापी सहायता एजेन्सीहरुले भने भूकम्प प्रभावितका लागि राहत घट्न सक्ने चेतावनी दिएका छन् ।