अन्तर्राष्ट्रिय

थाइल्याण्डमा दुई वर्षको अवधिमा तेस्रो प्रधानमन्त्री चयन

- एजेन्सीकाठमाडौं

थाइल्याण्डको नयाँ प्रधानमन्त्रीमा विपक्षी दलका नेता अनुतिन चार्नविराकुल नियुक्त हुनुभएको छ ।

 थाइल्याण्डको संसदले विपक्षी कञ्जरभेटिभ पार्टीका अनुतिनलाई प्रधानमन्त्री चयन गरेको हो । थाइल्याण्डमा दुई वर्षको अवधिमा तेस्रो प्रधानमन्त्री चयन भएको हो । आज भएको मतदानमा अनुतिनले ३ सय ११ मत प्राप्त गर्दै प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । अनुतिनका प्रतिस्पर्धीले १ सय ५२ मत प्राप्त गरे । 

थाइल्याण्डमा बहुमतका लागि २ सय ४७ मतको आवश्यक थियो । ५८ वर्षीय अनुतिनको विजयले विगत दुई दशकदेखि थाई राजनीतिको मुख्य आधार रहेको शिनावात्रा परिवारको राजनीतिक भविष्यलाई धक्का दिएको विश्लेषण भएका छन् ।

निवर्तमान प्रधानमन्त्री पेटोङटार्न शिनावात्रालाई गत साता त्यहाँको संवैधानिक अदालतले गोप्य टेलिफोन वार्ता सार्वजनिक भएपछि नैतिकता उल्लंघन गरेको भन्दै पदमुक्त गरेको थियो ।