साउथ चाइना सीको विवाद नभड्काउन फिलिपिन्सलाई चीनको चेतावनी
- काठमाडौंसाउथ चाइना सीको विषयललाई लिएर विवाद नभड्काउन भन्दै चीनले फिलिपिन्सलाई चेतावनी दिएको छ । सो समुद्री क्षेत्रमा चीनले नियमित गस्ती गरिरहेको समेत जनाएको छ ।
दुई देशबीच सो समुद्रलाई लिएर लामो समयदेखि विवाद कायम छ । नौसेनाको सैन्य अभ्यासकाबीच झडपको स्थिती रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । चीनको चेतावनीबारे फिलिपिन्स समुद्री परिषद् र सेनाले भने कुनै पनि प्रतिक्रिया दिएको छैन ।
यसअघि, जापान, फिलिपिन्स लगायत इन्डो–प्यासिफिक मुलुकलाई सहयोग गर्ने भन्दै अमेरिकाले संयुक्त समुद्री अभ्यास सञ्चालनमा सहयोग गरेको थियो ।