अन्तर्राष्ट्रिय

समुद्री सतह बढ्दा अष्ट्रेलियामा २०५० सम्म १५ लाख नागरिक जोखिममा पर्ने

- एजेन्सीकाठमाडौं

अष्ट्रेलियामा समुद्री सतह बढ्ने क्रममा रहेकाले सन् २०५० सम्म १५ लाख नागरिक जोखिममा रहेको एक प्रतिवेदनले औंल्याएको छ । 

तटीय क्षेत्र वरपर बस्ने त्यहाँका नागरिकहरु विशेष जोखिममा रहेको एक जलवायु सम्बन्धी प्रतिवेदनमा चेतावनी दिइएको छ ।

 अष्ट्रेलियाको राष्ट्रिय जलवायु जोखिम मूल्यांकन संस्थाले बाढी, चक्रवात, खडेरी र आगलागी जस्ता असर पर्न सक्ने आंकलन प्रतिवेदनमा गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

सरकारले सन् २०३५ सम्म कार्बन उत्सर्जन न्यूनीकरण गर्ने उद्घोष गर्नुभन्दा अगाडी जारी गरिएको ७२ पृष्ठको सो प्रतिवेदनमा जलवायु जोखिमबाट मुक्त नभएको उल्लेख छ ।