रुस र बेलारुसबिच संयुक्त सैन्य अभ्यास
- काठमाडौंयुरोपमा भूराजनीतिक तनाव बढिरहँदा रुस र बेलारुसबिच संयुक्त सैन्य अभ्यास भएको छ । सो अभ्यासले उत्तर एटलान्टिक सन्धि संगठन नेटो सदस्य राष्ट्रहरुमा तनाव बढाएको छ । मस्कोले युक्रेनमा प्रवेश गर्न बेलारुसलाई प्रयोग गरेको बताइन्छ ।
फलस्वरुप, पोल्याण्डले अस्थायी रुपमा बेलारुससँगको सिमाना बन्द गरेको छ । सो अभ्यासलाई अमेरिकी सेनाले नजिकबाट नियालिरहेको जनाएको छ । यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका नजिकका सहयोगीसँग गहिरो सम्बन्ध बनाउन खोजिएको संकेतको रुपमा हेरिएको छ ।
खासगरी, अमेरिकी अधिकारीको उपस्थितिमा पोल्याण्डले आफ्नो हवाई क्षेत्रमापार गरेको रूसी ड्रोनहरू खसालेको केही दिनपछि वाशिंगटनले बेलारुससँग सम्बन्ध बढाउन खोजिरहेको समाचार संस्था रोयटर्सको टिप्पणी छ ।
गत साता ट्रम्पका प्रतिनिधि जोन कोलले बेलारुसको राजधानी मिन्स्कको भ्रमण गर्नुभएको थियो । र राष्ट्रपति ट्रम्पले त्यहाँको अमेरिकी दूतावासलाई चाँडै नै पुनः खोल्न, सम्बन्धलाई सामान्य बनाउन र व्यापारलाई पुनर्जीवित गर्न चाहेको बुझिएको छ ।