गाजा क्षेत्रमा इजरायलले नरसंहार मच्चाएको राष्ट्रसंघीय निकायको टिप्पणी
- काठमाडौंइजरायलले गाजा क्षेत्रमा नरसंहार मच्चाएको संयुक्त राष्ट्रसंघले टिप्पणी गरेको छ । संयुक्त राष्ट्रसंघको अनुसन्धान आयोगले गाजामा इजरायलले प्यालेस्टिनीहरु विरुद्ध नरसंहार गरेको बताएको हो । सन् २०२३ मा हमासमा द्धन्द्ध सुरु गरेदेखि नै इजरायलले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको पुष्टि भएको आयोगको भनाई छ ।
प्यालेस्टिनीमाथि शारिरीक र मानसिक हमला, विभिन्न समूहमाथि आक्रमण, भौतिक संरचनामा क्षति लगायत कारण समेत इजरायलले नरसंहार मच्चाएकोे पुष्टि भएको समाचारमा जनाइएको छ ।
इजरायली नेताका अभिव्यक्ति र सेनाहरुको कारबाहीले समेत नरसंहारको मनसाय भएको पुष्टि भएको आयोगले बताएको छ । इजरायलको विदेश मन्त्रालयले भने सो आरोप निराधार भएको प्रतिक्रिया दिएको छ ।