अन्तर्राष्ट्रिय

निर्वाचन आयोगले मत चोरी गर्नेहरुको बचावट गरेको राहुल गान्धीको आरोप

- एजेन्सीकाठमाडौं

भारतको विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले त्यहाँको निर्वाचन आयोगले मत चोरी गर्नेहरुको बचावट गरेको आरोप लगाउनुभएको छ । निर्वाचन आयुक्त गणेश कुमारले मत चोरी गर्नेहरुको बचाउ गरेको गान्धीले आरोप लगाउनुभएको भारतीय संचारमाध्यमले जनाएका छन् । 

पत्रकार सम्मेलनमा गान्धीले महिला, दलित र आदिवासीको मत चोरी गरेर कंग्रेसका मतदाताको नाम हटाइएको उल्लेख गर्नुभएको छ । भारतीय जनता पार्टी भाजपालाई चुनाव जिताउन नाम नै हटाएको गान्धीले आरोप लगाउनुभएको हो । 

 यसअघि, गान्धीले विहारमा मत चोरी भएको घटनामा प्रमाण पेश गर्ने बताउनुभएको थियो । यता, भारतीय निर्वाचन आयोग र भाजपाले भने आरोप निराधार भएको बताउँदै आएको छ । निर्वाचन आयोगले बारम्बार गुनासो गर्दा समेत वेवास्ता गरेको गान्धीको भनाई छ । सो विषयमा भारतीय पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले समेत समर्थन गरेका छन् ।