अन्तर्राष्ट्रिय

तालिवान सरकारद्धारा विश्वविद्यालयमा थप प्रतिवन्ध

- बीबीसीकाठमाडौं

महिला शिक्षामा कठोर नीति लिंदै आएको अफगानस्तिानको तालिवान सरकारले विश्वविद्यालयमा थप प्रतिवन्ध लगाएको छ ।

विश्वविद्यालयमा कुनै पनि महिलाद्धारा लेखिएको पुस्तक तालिवान सरकारले प्रतिवन्ध लगाउने निर्णय गरेको छ ।

विगत ४ वर्ष देखि अफगानिस्तानमा शासन गर्दै आएको तालिवानले महिला प्रति लिंदै आएको कठोर नीतिको श्रृंखला अनुसार पछिल्लो कदम चालेको समाचार संस्था बीबीसीले जनाएको छ ।

अफगानिस्तानमा महिलालाई कक्षा ६ सम्म मात्र पढ्न अनुमति दिइएको छ ।

हाल त्यहां १ सय ४० महिलाद्धारा लिखित ६ सय ८० पुस्तक प्रतिवन्ध लगाइएको जनाइएको छ ।

त्यस्तै, अफगानिस्तानमा विभिन्न १८ वटा विषय समेत हटाइएको त्यहांको विश्वविद्यालयले जनाएका छन् ।