अन्तर्राष्ट्रिय

अमकेरिकामा एच–वान बी भिसाका लागि रोजगारदाता कम्पनीले प्रतिव्यक्ति १ लाख डलर तिर्नुपर्ने

- एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विभिन्न रोजगारदाता कम्पनीहरुलाई एच– वान बी भिसाका कामदारको लागि प्रतिवर्ष १ लाख अमेरिकी डलर तिर्न लगाउने तयारी गरेको छ ।

 एच– वान बी भिसा विशेष प्रकृतिको कामको लागि विदेशी कामदारको लागि दिइने अस्थायी रोजगार भिसा हो ।  जनवरीमा पदभार ग्रहण गरेदेखि राष्ट्रपति ट्रम्पले आप्रवासन नीतिमा व्यापक हस्तक्षेप गर्नुभएको छ । जसमा आप्रवासनलाई सीमित गर्ने केही कानूनी कदम पनि चालिएको छ । त्यसैमध्येको पछिल्लो कदमका रुपमा एच– वान बी भिसालाई लिइएको छ । 

एच– वान बी भिसा कार्यक्रमलाई संशोधन गर्ने कदम ट्रम्प प्रशासनको अहिलेसम्मको कडा प्रयास भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्प प्रशासनको सो निर्णयले भारत र चीनका दक्ष कामदारहरूमा भर पर्ने प्रविधि क्षेत्रलाई ठूलो झट्का लाग्ने बताइन्छ ।