अन्तर्राष्ट्रिय

प्यालेस्टाइनलाई राज्यको मान्यता दिने बेलायतको तयारी

- एजेन्सी काठमाडौं

बेलायतले प्यालेस्टाइनलाई राज्यको रुपमा मान्यता दिने तयारी गरेको छ । बेलायतका प्रधानमन्त्री सर केअर स्टारमरले आज प्यालेस्टाइनलाई राज्यको रुपमा मान्यता दिने घोषणा गर्न लाग्नुभएको हो । प्रधानमन्त्री स्टारमरले गत जुलाईमा इजरायल–प्यालेस्टाइन द्वन्द्वमा बेलायतले आफ्नो समर्थन परिवर्तन गर्ने बताउनुभएको थियो ।

 जसमा इजरायलले गाजामा युद्धविराममा सहमत जनाउने र दुई राज्यको समाधानको रुपमा रहेको दीर्घकालीन दिगो शान्ति सम्झौतामा प्रतिबद्ध हुने शर्तहरू पूरा गर्ने रहेको थियो । बेलायतको सो कदमसँगै त्यहाँको विदेश नीतिमा ठूलो परिवर्तनलाई संकेत गरेको छ ।

  यद्यपि, राज्यको मान्यता शान्तिप्रक्रियाको एक अंगको रुपमा आउनुपर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बेलायतको सो कदमको इजरायली सरकार, बन्धक परिवार र केही आलोचकहरुले कडा आलोचना गरेका छन् ।