चीनको दक्षिणी क्षेत्रमा आँधी आउने सम्भावना भएपछि लाखौं मानिसलाई सुरक्षित स्थानमा सारियो
- काठमाडौंचीनको दक्षिणी क्षेत्रमा शक्तिशाली आँधी रागास आउने सम्भावना भन्दै लाखौं मानिसहरुलाई उद्धार गरिएको छ । शक्तिशाली आँधी दक्षिणी तटमा पुगेपछि लाखौं मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको र कम्तीमा १० शहरहरुका विद्यालय तथा व्यवसायहरु बन्द गर्न आदेश दिइएको बीबीसीले जनाएको छ । आँधी भोलिसम्म चीनको ग्वाङडोङ प्रान्तमा आउन सक्ने त्यहाँको मौसम विभागले गरेको छ ।
आँधी आउन सक्ने भएकाले सो क्षेत्रका ३ लाख ७० हजार मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । सो आँधी चीन हुँदै भियतनामको उत्तरी क्षेत्र तर्फ सर्ने आँकलन गरिएको चीनियाँ मौसम विभागले जनाएको छ । त्यस्तै,आँधीका कारण ५ सय भन्दा बढि उडानहरू रद्द हुने सक्ने हङकङ एयरलाइन्सले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।