अन्तर्राष्ट्रिय

ताइवानमा ‘रागासा’ नामक चक्रवातका कारण १४ जनाको मृत्यु

- केएफएम डेस्ककाठमाडौं

‘रागासा’ नामक चक्रवातका कारण ताइवानमा १४ जनाको मृत्यु भएको छ । तिव्र गतिमा रहेको चक्रवात बाट हावा हुरी चल्दा अन्य १ सय २९ जना बेपत्ता भएका छन् । 

दक्षिणी चीनतर्फ अगाडि बढ्ने क्रममा रहेको चक्रवातका कारण ताइवानका केहि क्षेत्रमा भारी मात्रामा वर्षा भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 तिब्र गतिको आँधीका कारण ताइवानको पूर्वी भाग ह्वालिएन काउन्टीमा रहेको एक बाँध फुटेर बाढी आएको समाचारमा जनाइएको छ । यसैबीच आँधीबाट प्रभावित केहि क्षेत्रका स्थानीयले भने पूर्व सूचना नदिएएको भन्दै सरकारी निकायको आलोचना गरेका छन् । यस्तै हङकङमा पनि पनिको ठूला छालहरु आउँदा केही सडक र आवासीय क्षेत्र डुबानमा परेका छन् । 

चीनको समुद्री प्राधिकरणले पनि डुबान हुन सक्ने भन्दै चेतावनी जारी गरेको छ । ग्वाङ्डोङ प्रान्तका केही क्षेत्रहरुमा २ दशमलव ८ मिटर उचाइको छाल आउन सक्ने अनुमान गरिएको अन्तर्राष्टिय सञ्चार माध्यमले जनाएका छन् ।