युरोपका विमानस्थालमा साइबर आक्रमण गरेको आरोपमा एक जना पक्राउ
- काठमाडौंयुरोपेली देशका केहि मुख्य विमानस्थालको सेवा प्रवाह अवरुद्ध हुने गरि भएको साइबर आक्रमणमा संलग्न भएको आरोपमा इङ्गल्याण्डमा एकजना पक्राउ परेका छन् ।
बेलायतस्थित युरोपको सबैभन्दा व्यस्त मानिने हीथ्रो लगायत विमानस्थलमा भएको आक्रमणका कारण कैयौं उडान तथा अवतरण प्रभावित भएको थियो । सोहि घटनामा संलग्न रहेको आरोपमा ४० वर्षीय एक पुरुषलाई पक्राउ गरिएको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
बेलायतको राष्ट्रिय अपराध एजेन्सीका अनुसार कम्प्युटरको दुरुपयोगसँग सम्बन्धित अपराधको आशंकामा ती पुरुषलाई पक्राउ गरिएको हो । गत शुक्रबार भएको साइबर आक्रमणका कारण बर्लिन, ब्रसेल्स र लन्डनका विमानस्थलमा यात्रु परिक्षण गर्ने विद्युतीय प्रणालीमा समस्या देखिएको थियो ।