जेन–जी आन्दोलनलाई व्यवस्था जोगाउने नाममा हाइज्याक गरियोः कमल थापा
- काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जेन–जी पुस्ताको आन्दोलनलाई व्यवस्था जोगाउने नाममा हाइज्याक गरिएको आरोप लगाउनुभएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले युवाहरूले संविधान र व्यवस्थाको रक्षाका लागि आन्दोलन नगरेको दावी समेत गर्नुभयो ।
थापाले अहिलेको संवैधानिक व्यवस्था, शासकीय प्रणाली र निर्वाचन प्रणाली मार्फत अघि बढे जेन–जी आन्दोलनको कुनै अर्थ नहुने टिप्पणी गर्नुभयो । भ्रष्ट व्यवस्थालाई जोगाइएको उहाँको भनाइ छ ।
मुलुकलाई निकास दिन सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने थापाले सुझाव दिनुभयो ।