श्रीलंकामा केबलकार दुर्घटना हुँदा सात जना बौद्ध भिक्षुको मृत्यु
- काठमाडौंश्रीलंकामा भएको एक केबलकार दुर्घटनामा सात जना बौद्ध भिक्षुको मृत्यु भएको छ ।
प्रसिद्ध नाय उयना बौद्ध गुफा परिसरमा भएको सो केबलकार दुर्घटनामा तीन जना विदेशी भिक्षुसहित उनीहरुको मृत्यु भएको हो । ज्यान गुमाउनेहरुमा भारत, रुस र रोमानियाका एक–एक जना विदेशी नागरिक छन् ।
स्थानीय प्रहरी अधिकारीहरुका अनुसार रातको समयमा सो केबलकार दुर्घटना भएको थियो । दुर्घटनापछि सार्वजनिक भएका तस्बिरहरुमा भिक्षुहरु केबल कारको ट्रयाक नजिकै उभिएको देखिन्छ ।
ध्यान शिविर र आध्यात्मिक कार्यक्रमका लागि सो क्षेत्र प्रख्यात मानिने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । स्थानीय अधिकारीका अनुसार सो क्षेत्रमा २ सय बढी भिक्षुहरु बस्दै आएका छन् ।