अन्तर्राष्ट्रिय

वेस्ट बैंक क्षेत्रलाई इजरयाली भूमिमा गाभ्ने योजना अमेरिकाले अस्विकार गर्ने

- केएफएम डेस्ककाठमाडौं

वेस्ट बैंक क्षेत्रलाई इजरयाली भूमिमा गाभ्ने योजनालाई अमेरिकाले अस्विकार गर्ने भएको छ । 

 संयुक्त राष्ट्रसंघको महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सम्बोधन अघि आयोजित पत्रकार सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वेस्ट बैंक क्षेत्रलाई गाभ्न नदिने बताउनुभएको हो ।

 आगामी सोमबार दुई देशका राष्ट्रप्रमुखबीच भेटवार्ता तय भएको अवस्थामा अमेरिकाको सो अभिव्यक्ति आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । लामो समयदेखि गाजामा जारी युद्ध अन्त्य नगरेको तथा वेस्ट बैंक क्षेत्रलाई कब्जा गरेको भन्दै अनतर्राष्ट्रिय समूदायबाट इजरायली कदमको आलोचना बढीरहेको समाचारमा जनाइएको छ । 

यसैबीच केहि पश्चिमा देशहरुले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिएर युद्ध रोक्नका लागि इजरालयलमाथि थप कुटनीतिक दबाब बढाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।