अन्तर्राष्ट्रिय

चीनसंगको सम्बन्ध थप सुदृढ : उत्तर कोरियाली विदेशमन्त्री चोइ

- केएफएम डेस्ककाठमाडौं

उत्तर कोरियाका विदेशमन्त्री चोइ सोन हुईले चीनसंगको सम्बन्ध थप सुदृढ भएको बताउनुभएको छ ।

चीन भ्रमण रहेही उत्तर कोरियाकी विदेशमन्त्री चोइले त्यहांका प्रधानमन्त्री लि क्याङसंगको भेटमा चीन संगको सम्बन्ध उजागर गर्नुभएको हो ।

यस्तै भेटवार्ताका क्रममा चीनका प्रधानमन्त्री लिले चीनले उत्तर कोरियालाई विशेष महत्व दिएको र दीर्घकालिन रुपमा द्धिपक्षीय सम्बन्धलाई रणनीतिक रुपमा प्रवद्र्धन गर्ने बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

गत महिना उत्तर कोरिकाका सर्बोच्च नेता किम जोन उङको चीन भ्रमण पछि विदेशमन्त्री चोइको भ्रमण भएको हो ।

दुई मुलुकबीच परम्परागत रुपमै सहयात्रीको सम्बन्ध रहेपनि समय समयमा प्रभावित हुंदै आएको छ ।

यसैविच, उत्तर कोरियाको आणविक कार्यक्रमलाई चीनले संयुक्त राष्ट्रसंघको बैठकमा समर्थन गरेको छ ।