म्यानचेस्टरस्थित यहूदी धर्मस्थलमा आक्रमण हुँदा दुई जनाको मृत्यु
- काठमाडौंइंग्लयाण्डको म्यानचेस्टरस्थित एक यहूदी धर्मस्थलमा आक्रमण हुँदा दुईजनाको मृत्यु भएको छ । क्रम्पसल भन्ने ठाउँको हिटन पार्क यहूदी प्राथनाघर बाहिर स्थानीय समय अनुसार बिहान ९ः ३८ बजे सो घटना भएको हो ।
सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सिरियाली मुलका नागरिक जिहाद अल–शामीलाई पक्राउ गरिएको जनाएको छ । प्रहरीका अनुसार, आक्रमणकारीले पहिले गाडीले सो प्राथनाघरमा रहेका मान्छेहरुलाई ठक्कर दिएको थियो र पछि चक्कु लिएर आक्रमण गरेको पाइएको छ । सो घटनामा संलग्न रहेको आरोपमा ३५ वर्षीय अल–शामी नाम गरेका व्यक्तिलाई पक्राउ गरिएको छ ।
शामीको परिवार सिरीयाबाट बेलायत पुगेको पाइएको समाचारमा जनाइएको छ । यस्तै सोहि घटनामा संलग्न रहेको आरोपमा हालसम्म ३ जनालाई पक्राउ गरिको छ । बीबीसीका अनुसार दुई पुरुष र एक महिला पक्राउ परेका हुन् । यसैबीच बेलायतका प्रधानमन्त्री केयर स्टार्मरले देशभरका यहूदी प्राथनाघरमा थप सुरक्षा दिने घोषणा गर्नुभएको छ ।