खेलकुद

नेपाल र ओमानबीच आज वार्मअप म्याच हुँदै

- केएफएम डेस्ककाठमाडौं

टी–ट्वान्टी विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली टोलीले आज ओमानसँग वार्मअप म्याच खेल्दैछ ।

 वेस्ट इन्डिजसँगको सिरिज सकेर ओमान पुगेको नेपाली टोलीले आज राति घरेलु टोली विरुद्ध अभ्यास खेल खेल्न लागेको हो । सो खेल नेपाली समयअनुसार राति पौने ९ बजेबाट सुरु हुनेछ । विश्वकप छनोटअघि नेपालले दोस्रो अभ्यास खेल कतारसँग खेल्ने तालिका छ । 

दुई अभ्यास खेलपछि नेपालले विश्वकप छनोट यात्रा सुरु गर्नेछ । विश्वकपका छनोटका लागि नेपालले अक्टोबर ८ बाट जापान र कुवेतसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।