युक्रेनको रेल स्टेसनमा रुसले गरेको ड्रोन आक्रमणमा ३० घाइते
- काठमाडौंयुक्रेनको उत्तरपूर्वी क्षेत्रस्थित रेलवे स्टेसनमा रुसले गरेको ड्रोन आक्रमणमा कम्तीमा ३० जना घाइते भएका छन् । सोस्तका शहरमा भएको सो आक्रमणमा रेलमा रहेका यात्रु,कर्मचारी लगायत घाइते भएको युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्सिकले सामाजिक सञ्चालमा पोष्ट गर्नुभएको बीबीसीे उल्लेख गरेको छ ।
घाइतेहरुको उद्दार जारी राखिएपनि घाइतेको संख्या बढ्न सक्ने समाचारमा उल्लेख छ । जेलेन्सिकले पोष्ट गरेको सो आक्रमणको भिडियोमा रेलमा आगलागी भएको दृष्यि राखिएको छ ।