चीनको ग्वाङ्दोङमा आँधीको जोखिम, १ लाख ५१ हजारलाई सुरक्षित स्थानमा सारियो
- काठमाडौंचीनको ग्वाङ्दोङ प्रान्तमा आँधीको जोखिम बढेको भन्दै १ लाख ५१ हजार बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ ।
प्रान्तीय बाढी नियन्त्रण कार्यालयले आज बिहानदेखि जोखिमयुक्त क्षेत्रका नागरिकलाई स्थानान्तरण गरिएको जनाएको छ ।
यसअघि हिजो बेलुकासम्म ९ हजार ९ सय १६ जनालाई समुद्री क्षेत्रबाट स्थानान्तरण गरिएको थियो । यो वर्षको २१ औं आँधी मानिएको म्याट्मो नामक आँधी प्रतिघण्टा २५ किलोमिटरको गतिमा उत्तर पश्चिमतर्फ अघि बढेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
आँधीको जोखिमपछि झान्जियाङ शहरमा विद्यालय, कार्यालय, यातायात र उत्पादन कार्य बन्द गरिएको छ भने राजमार्ग समेत बन्द गरिएको छ ।