अन्तर्राष्ट्रिय

म्यानमारमा सैनिक सरकार विरुद्ध भएको प्रदर्शनमा २५ जनाको मृत्यु

- केएफएम डेस्ककाठमाडौं

म्यानमारमा सैनिक सरकार विरुद्ध भएको प्रदर्शनका क्रममा २५ जनाको मृत्यु भएको छ ।

 सेनाले भीडमाथि दुईवटा बम खसाल्दा उनीहरुको मृत्यु भएको हो । मध्य म्यानमारको चाउङ यू टाउनशिपमा भएको सो घटनामा २७ जना घाइते भएको निर्वासित सरकारका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

आक्रमणको समयमा १ सय जना भेला भएको समाचारमा जनाइएको छ । म्यानमारको पिपुल्स डिफेन्स फोर्स (पीडीएफ) भनेर चिनिने समूहका अनुसार सम्भावित हवाई आक्रमणबारे जानकारी भए पनि अपेक्षा गरिए अगावै भेला भएका नागरिकको समूहमाथि सेनाले आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 स्थानीय अधिकारीहरुका अनुसार निर्धारित समय अघिनै प्रदर्शन रोक्ने प्रयास गर्दै गर्दा आक्रमण भएको हो । सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेदेखि हालसम्म म्यानमारमा हजारौंको मृत्यु भएको छ भने लाखौं नागरिक विस्थापित भएका छन् ।