अन्तर्राष्ट्रिय

अमेरिकामा ४ हजार बढी कर्मचारी कटौती हुने

- एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भारी संख्यामा संघीय कर्मचारीहरु हटाउन सुरु गरेको छ । 

ह्वाइट हाउस व्यवस्थापन कार्यालयले पछिल्लो पटक सात वटा एजेन्सीहरुले ४ हजार बढी कर्मचारी हटाउन थालेको जानकारी दिएको जनाएको हो ।

 सरकार सटडाउन भएको भन्दै डेमोक्र्याट्समाथि दबाब दिन ट्रम्प प्रशासनले सो कदम चालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यद्यपि कानुनअनुसार संघीय सरकारले कर्मचारीलाई बर्खास्त गर्नुअघि कम्तीमा ३० दिनको सूचना दिनुपर्ने समाचारमा जनाइएको छ ।

 कतिपय सरकारी अधिकारीहरुले कर्मचारीहरुलाई हटाइएकोबारे सूचना दिन थालेको जनाएका छन् । यसैबीच सरकार सटडाउन भएको बेला कर्मचारी बर्खास्त गरेको भन्दै अमेरिकन फेडेरेसन अफ गभर्मेन्ट इम्प्लोईज लगायत केहि र्कचारी युनीयनले सरकार विरुद्ध मुद्दा दायर गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।