उत्तर कोरियाद्वारा अन्तर महादेशीय क्षेप्यास्त्र प्रदर्शन
- काठमाडौंउत्तर कोरियाले सैन्य परेडका क्रममा अन्तर महादेशीय क्षेप्यास्त्र प्रदर्शन गरेको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनसहित अन्तर्राष्ट्रिय प्रतिष्ठित व्यक्तिहरुको उपस्थितीमा नयाँ अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रदर्शन गरिएको त्यहाँको सरकारी सञ्चारमाध्यम केसीएनएलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सैन्य परेडमा, देशको सबैभन्दा शक्तिशाली आणविक हतियार प्रणाली प्रदर्शन गरिएको समाचारमा जनाइएको छ ।
परेडमा हाइपरसोनिक ब्यालिस्टिक मिसाइल, क्रूज मिसाइल, नयाँ प्रकारको रकेट लन्चर र आत्मघाती ड्रोन प्रदर्शन गरिएको कोरिया इन्स्टिच्युट फर नेशनल युनिफिकेशनले जनाएको छ । सत्तारुढ वर्कर्स पार्टीको स्थापनाको ८० औं वार्षिकोत्सवमा परेड आयोजना गरिएको हो । परेडमा चिनियाँ प्रधानमन्त्री ली छ्याङ, भियतनामका कम्युनिष्ट पार्टी प्रमुख लगायत प्रतिष्ठित व्यक्तिहरुको उपस्थिती रहेको थियो ।