अमेरिकालाई वार्तामार्फत समस्या समाधान गर्न चीनको आग्रह
- काठमाडौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा एक सय प्रतिशत आयात शुल्क लगाउने चेतावनी दिएपछि चीनले कडा प्रतिक्रिया दिँदै वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेको छ ।
चीनको वाणिज्य मन्त्रालयले विज्ञप्ति जारी गर्दैै आफूहरुको अडानमा स्पष्ट रहेको जनाउँदै ट्रम्पले व्यापार युद्ध नचाहेको र अमेरिकाको चेतावनीबाट नडराएको बताएको छ ।
ट्रम्पले नोभेम्बर १ देखि लागू हुने गरी चीनबाट आयात हुने सामानमा आयात शुल्क दोब्बर पार्ने चेतावनी दिएपछि चीनले प्रतिक्रिया जनाएको हो ।
चीनले दुर्लभ खनिजको निर्यातमा प्रतिबन्ध लगाएपछि अमेरिकाले आयात हुने सामानमा चर्कोे शुल्क लगाउने चेतावनी दिएको थियो ।
दुई देशबीच ब्यापारको विषयलाई लिएर विकसीत घटनाक्रमले ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुनसक्ने बैठक समेत प्रभावित हुनसक्ने आँकलन गरिएको छ ।